‘सांसद यादवलाई क्वारेन्टाइनमा राख्नु’-गृह मन्त्रालय



२७ चैत्र २०७६, काठमाडौं

गृह मन्त्रालयले संघीय सांसद प्रदीप यादवलाई क्वारेन्टाइनमा राख्न निर्देशन दिएको छ ।

क्वारेन्टाइनमा बसेका व्यक्तिलाई अनधिकृत रुपमा भेटेर आएका यादवलाई क्वारेन्टाइनमा राख्न  बिहीबार (आज) गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय पर्सालाई निर्देशन दिएको हो ।

समाजवादी पार्टी नेपालका सांसद यादवले भारतीय क्वारेन्टाइनमा रहेका मानिसलाई भेटेर फर्किएका थिए ।

|तस्वीरमा सांसद प्रदपी यादव। फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्