काठमाडौं उपत्यकामा रहेकालाई बाहिर पठाउने निर्णय रद्द



२७ चैत २०७६, काठमाडौं

लकडाउनका कारण काठमाडौँमा रोकिएकाहरुलाई भोलि र पर्सि उपत्यका बाहिर जान दिने निर्णय रद्द भएको छ ।

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक तथा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसहित गृहमन्त्रीलगायतको छलफलले उपत्यकाका मानिसलाई बाहिर पठाउँदा कोरोनाको थप जोखिम हुनसक्ने भन्दै बाहिर नपठाउने निर्णय गरेको हो ।

यसअघि सरकारले उपत्यकामा बसोबास गरेका र घर जान चाहनेहरुलाई बाहिर पठाउने भनेर धेरै समाचारहरु सार्वजनिक भएका थिए ।

मन्त्री पोखरेलका स्वकीय सचिव प्रभात कट्वालले भने उपत्यकामा रहेकालाई बाहिर पठाउने भनियको विषयमा ‘छलफल मात्र भएको हो तर निर्णय भएको होइन । कट्वालका अनुसार अहिले मानिसहरु बाहिर पठाउदा थप जोखिम हुने भएकाले तत्काल यस्तो निर्णय नगरिएको हो ।

प्रतिक्रिया दिनुहोस्