
२७ चैत २०७६, काठमाडौं
नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय कार्य समितिले नेपाल सरकारद्वारा स्थापित कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषका लागि पाँच लाखको चेक उपलब्ध गराएको छ ।
बिहिबार (आज) प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका सचिव नारायण प्रसाद विडारीलाई कर्मचारी संगठनका प्रतिनिधिहरुले चेक हस्तान्तरण गरेका हुन् ।
यसअघि संगठनले विज्ञप्ती जारी गरी कोरोना रोकथाम नियन्त्रण तथा उपचार कोषमा सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो ।





