एनओसीका अध्यक्ष श्रेष्ठद्वारा नेपालको वर्तमान खेलकुदको अवस्था र योजना बारे भिडियो कन्फरेन्समा छलफल



२६ चैत २०७६, काठमाडौं

विश्वभर फैलिएको कोरोना कोभिड १९ सक्रमण फैलिए संगै नेपाल समेत लकडाउनमा छ । विगत १७ दिन देखि लकडाउन रहेको नेपालमा ओलम्पिक लगाएत अन्य खेलको तयारीमा जुटेका खेलाडीहरु समेत यति बेला घरमानै बस्न बाध्यछन ।

खेलाडीले आफ्नो शारिरिक प्रशिक्षण संगै मानसिक रुपमा स्वस्थ राख्न के गर्न सकिन्छ भन्ने बारे नेपाल ओलम्पिक कमिटी (एनओसी)ले सरोकारवाला हरु संग आज गम्भिर छलफल गरेको छ । सो अवसरमा कोभिड १९ र नेपालको खेलकुदको वर्तमान अवस्था र योजना विषयमा भएको भिडियो कन्फरेन्समा छलफल भएको थियो ।

भिडियो कन्फ्रेन्सिङका माध्यम द्वारा भएको छलफलमा एनओसीका अध्यक्ष तथा प्रतिनिधी सभाका सांसद जिवनराम श्रेष्ठ, महासचिब निलेन्द्रराज श्रेष्ठ सहित एनओसीका अन्य पदाधिकारीहरु, ओलम्पियनहरु, चिकित्सक, खेलकुद पत्रकार लगाएत सहभागि रहेका थिए ।

करिव २ घन्टा लामो छलफलमा लकडाउनको समयलाई मध्यनजर गर्दै उनीहरु संगको सम्पर्क वढाउन एप्स निर्माणका लागि एनओसीले पहल गर्ने भएको छ । त्यसै गरि युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद र एनओसीले संयुक्त रुपमा अनुगमन गर्न र खेलाडीको अवस्थामा पहल गर्न सरोकारवालाहरुले सुझाएका छन ।

लकडाउनको समयमा खेलाडीका लागि पर्ने कुने पनि असुविधाका लागि पहल गर्न एनओसीले पहल थाल्ने अध्यक्ष श्रेष्ठले जनाएका छन । उनले भने–“हामी खेलाडीका सवालमा निकै गम्भिर छौं र यो चुनौतीका समय कुनै खेलाडीलाई समस्या नआओस भन्नका लागि राहत कोषको व्यवस्था गर्न समेत हामी अगाडी बढ्नेछौ ।”

छलफलमा बोल्दै अध्यक्ष श्रेष्ठले इतिहासमा पहिलो पटक ओलम्पिक खेल सरेको विषयमा जानकारी दिंदै आयोजक राष्ट्र जापान र अन्तर्राष्ट्रिय ओलम्पिक कमटी सबै कार्यक्रमहरुलाई नयाँ कार्यसुची बनाएर अघि बढेको बताए । ओलम्पिकका लागि क्वालिफाइङ राउण्डका खेलहरुका लागि समेत नयाँ मितीहरु घोषणा हुने क्रममा रहेको उनले बताए ।

ओलम्पिक खेल एक वर्ष पछि सरेकोले नेपालले त्यस बाट केही फाइदा लिन सक्ने बताउँदै अध्यक्ष श्रेष्ठले खेलाडीलाई अझै दुई साता कोरोना सक्रमण विरुद्ध लडन विश्व स्वास्थ संगठनको प्रोटोकललाई कसैले पनि नाघ्न नहुने तर्क अघि सारे ।

सो अवसरमा एनओसीका महासचिब श्रेष्ठले नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाली सेनामा कार्यरत राष्ट्रिय स्तरका खेलाडीलाई कोरोना सक्रमण फैलिरहेको अवस्थामा ‘फ्रन्ट लाईन’मा शुरक्षाका लागि खटाउन नहुने धारणा राखे यदि ति खेलाडी संक्रमित भएमा खेलक्षेत्रले समेत ठूलो घाटा व्योर्हन सक्ने बताए । उनले कुनै पनि राष्ट्रियस्तरका खेलाडीलाइ समस्य परेमा एनओसीमा खवर गर्न समेत आग्रह गरे । उनले समस्यमा रहेका खेलाडीलाई सहयोग गर्न एनओसी तयार रहेको जानकारी दिए ।

सरकारले पहिलो पटक चैत ११ देखि १८ गते सम्म लकडाउन गरेको थियो भने दोस्रो पटक बढाएर चैत २५ गते सम्म र अव बैशाख ३ गते सम्म पुर्याएको छ । नेपालमा अहिले सम्म ९ जना कोरोना भाइरस पोजेटिभ देखिएका छन् । विश्वव्यापी रुपमा यो महामारीले व्यापक असर गरिरहेको छ । विश्वमा ८३ हजार भन्दा बढी यसका कारण मृत्यु भइसकेको छ भने १५ लाख बढीमा संक्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्