‘कोरोना कहर’



‘कोरोना कहर’

कसरी किन आयो कोरोना ?
आतंकै किन बन्यो कोरोना ?
त्यो पनि पछि खोज्दै गरौंला
चिन्तन पनि पछि गर्दै गरौंला
अहिले लाई हामी सबै बाँचौं
बचेर आफू अरुलाई बचाऔं
होसियार हौ सब सतर्क बनौं
आफ्नै प्रयासले सुरक्षित रहौं

कोरोना यो कहाँबाट आयो ?
धर्तिमा कस्ले यो किन ल्यायो ?
त्यो पनि पछि सोध्दै गरौंला
त्यो पनि पछि हेर्दै गरौंला
अहिले लाई बुझौं यत्ति कुरा
बन्दाबन्दीको पालना पूरा
अनिकालमा बीउ जोगाउनु
भिडभाडदेखि जीउ बचाउनु
घरभित्र भाइरस छिर्न नपाओस्
बाहिरै आफैँ आफैँ बिलाओस्

कोरोना पापी यो किन आयो ?
कति जतिलाइ सोत्तर बनायो ?
त्यो पनि पछि खोज्दै गरौंला
गन्ती पनि पछि गर्दै गरौंला
अहिलेलाई मात्र यत्ती नै जानौं
लापरबाही कति कोहीले नगरौं
कोरोना कहर साझा समस्या
रहि रहन्न सँधै हट्छ अवश्य

मानवसंहारमा लागेको छ यो
प्रलयकारी महामारी हो यो
भीषण हत्त्यामा उत्रिएको छ
विनाश लिलालाई भित्रिएको छ
सर्वत्र विकराल सन्त्रास फिजाई
मान्छेलाई आँसुको दहमा डुबाई
विज्ञानमाथी नै चुनौती हो यो
शताब्दीकै महासंकट हो यो

कोरोना प्रकृतिको उपहार हो कि ?
मान्छेमाथी नै प्रहार हो कि ?
त्यो पनि पछि छानविन गरौंला
दुश्मनी किन ? पछि खुट्ट्याउला
अहिले वश यत्ती मात्र सम्झौं
उपचार अनि रोगथाममा जुटौं
विश्वव्यापी यो महाविपद्मा
मिलेर उठ्नैपर्छ आपसमा
यो विश्वव्यापी व्याधीविरुद्ध
जुट्नैपर्छ अब भै प्रतिबद्ध

कोरोनाको नाममा जाल झेल किन ?
पर्दा पछाडि ठूलो चलखेल किन ?
त्यस्को सख्त छानविन पछि गरौंला
कानूनी कठघरामा उभ्याउँला
अहिलेलाई यो नरसंहार रोक्न
यस्लाई समुल नियन्त्रन गर्न
संयमित बनौं मनोबल बढाऔं
उद्धारमा सहयोगी हात जुटाऔं
विश्व भाइचाराको धर्म निभाऔं
विशुद्ध मानवताको भाव देखाऔं

अझै पनि घैंटोमा घाम नलागे
फेरि पनि मान्छेमा बुद्धि नआए
क्षति कति होला भन्न सकिन्न
अर्को रोग नआउला भन्न सकिन्न
कहाँ गल्ती भएपछि खोजौंला
हरेकले आत्म समिक्षा गरौंला
अहिलेलाई सबैले मात्र यत्ती गरौं
बाँचेर आफू जगत यो बचाऔं

भुपेन्द्रा मल्ल
काठमाडौं

प्रकाशित मितीः २५ चैत्र २०७६, काठमाडौं

 

प्रतिक्रिया दिनुहोस्