चौधरी फाउन्डेसनद्वारा एक हजार ’पीसीआर रिएजेन्ट’ सरकारलाई हस्तान्तरण



२६ चैत्र २०७६, काठमाडौं

कोरोना भाइरस (कोभिड १९) को महाप्रकोपसँग चौधरी फाउन्डेसनले बुधबार निजी क्षेत्रको तर्फबाट सरकारलाई १ हजार थान ’पीसीआर रिएजेन्ट’ (स्वास्थ्य परीक्षण सामग्री) हस्तान्तरण गरेको छ ।

स्वास्थ्य मन्त्रालयमा आयोजित एक समारोहमा फाउन्डेसनले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई ती सामग्री हस्तान्तरण गरेको हो । कोभिड–१९ संक्रमित व्यक्ति पहिचान गर्न ‘पीसीआर रिएजेन्ट’ अति महत्वपूर्ण उपकरण हो ।

फाउन्डेसनले चीनबाट आयात गरेका यी सामग्री ग्रहण गर्दै स्वास्थ्यमन्त्री ढकालले विषम परिस्थितिमा निजी क्षेत्रले गरेको यस्तो सहयोग सराहनीय भएको भन्दै फाउन्डेसनलाई धन्यवाद दिए ।

आवश्यकता परेका बेला आगामी दिनमा पनि यस्तै सहयोगका लागि खुला ह्रदयले तयार रहन समेत उहाँले आग्रह गरे । फाउन्डेसन अध्यक्ष विनोद चौधरीले कोभिड–१९ नियन्त्रणमा सरकारले थालेको प्रयासमा साथ दिन पाउँदा आफूहरूलाई सन्तोष मिलेको बताए ।

यसअघि पहिलो चरणअन्तर्गत चौधरी फाउन्डेसनले सातै प्रदेशका गरी ४८ स्वास्थ्य संस्थामा पीपीई र उपचार सामग्री वितरण गरेको थियो ।

|तस्वीरमा चौधरी। फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्