८१ वर्षीया वृद्धाको इच्छाशक्ति, जसले सजिलै ‘कोरोना’लाई पराजित गरिन्



२६ चैत्र २०७६, काठमाडौं

कोभिड १९ (कोरोना भाइरस)संक्रमणको खतरा वृद्ध र बिरामीलाई हुने मानिँदै आएका छ ।

विश्वमा यसका कारण मृत्यु हुनेमा पाका उमेरका मानिस पनि धेरै छन् । तर भारतमा ८१ वर्षकी वृद्धाले कोरोनालाई पारजित गरेकी छिन् । पञ्जावकी कुलबन्त कौर कोरोनाको संक्रमण जितेर अस्पतालबाट घर फर्कन सफल भएकी छिन् ।

चन्डीगढको मोहाली शहरमा बस्दै आएकी उनी संक्रमणपछि निराश हुँदै अस्पताल पुगेकी बीबीसी हिन्दीले जनाएको छ । तर फर्कँदा कोरोनालाई हराएर मुस्कुराउँदै घर फर्किएकी छिन् ।

यो सबै उनको बलियो इच्छाशक्तिका कारण सम्भव भएको परिवारका सदस्य र चिकित्सकको भनाई छ । छोरा गुरमिन्दर सिंहका अनुसार उनी विभिन्न रक्तचापलगायतका दीर्घ रोगबाट यसअघि नै पीडित थिइन् ।

उनी आफ्नी आमालाई बचाउनुको श्रेय चिकित्सकलाई दिन चाहन्छन् । ‘जब आमालाई कोरोना भाइरस देखियो हामी घरमै क्वारेन्टाइनमा थियौं ।’ रमिन्दरले भने, ‘उनी अस्पतालमा थिइन् । उनीसँग हाम्रो भेट भएको थिएन । हामी आत्तिएका थियौं ।’

मोहालीस्थित एक निजी अस्पतालका डा. दीपक भासीनले उनको उपचार गरेका थिए । उपचारमा भइरहेको प्रगति उनले परिवारलाई जानकारी दिएका थिए ।

‘तीन वर्षदेखि ब्लड प्रेसर र सुगरकी बिरामी आमाले एकै पटक अस्पतालमा कोरोनालाई जितेको खबर हामीले पायौं ।’ छोरा गुरमिन्दरले भने, ‘हामी उनको उमेरदेखि डराएका थियौं ।’

अस्पतालमा पनि कुलवन्त आफ्नो रिपोर्ट नेगेटिभ आउनेमा विश्वस्त थिइन् । अस्पतालमा उनको मनोबल एकदमै उच्च थियो । जसले गर्दा केही दिन अस्पताल बसाईपछि कोरोना परीक्षणमा उनले भनेजस्तै नेगेटिभ रिपोर्ट आयो ।

चन्डीगढमा पहिलोपटक बेलायतबाट फर्किएकी २३ वर्षीया युवतीलाई संक्रमण देखिएको थियो । उनकी साथी र कुलवन्तको फ्ल्याट सँगै थियो । सोही दौरान उनलाई कोरोना सरेको थियो ।

उनीसँग सम्पर्कमा आएका सबैलाई अस्पताल लगिएको थियो । पिसीआइमा उनीहरुलाई भर्ना गरिएको थियो । उक्त अस्पतालमा स्थान नभएपछि उनीहरुलाई खरडस्थित सरकारी अस्पताल लगिएको थियो ।

८१ वर्षकी कौरलाई निजी अस्पताल भर्ना गरिएको थियो । सरकारी अस्पतालमा उपचार सहज र सुविधाजनक नभएपछि उनलाई निजी अस्पताल लगिएको थियो ।

अस्पतालबाट डिस्चार्ज भए पनि उनी अहिले घरमै क्वारेन्टाइनमा रहेकी छन् । चन्डीगढमा सोमबार १८ नयाँ संक्रमित बिरामी भेटिएका छन् भने मोहालीमा १९ जना भेटिएका छन् ।

-कुलवन्तको हिम्मतले डाक्टरसमेत छक्क
यो क्षेत्रमा कोरोना भाइरस पीडित पहिलो बिरामी १९ दिन अस्पताल बसेर निको भएर घर फर्केकी थिइन् । २३ वर्षकी युवतीसँगै ८१ वर्षकी कुलवन्त पनि मंगलबार अस्पतालवाट डिस्चार्ज भएकी छिन् ।

कुलबन्तको उपचार गरेका मोहालीस्थित म्याक्स अस्पतालका डा. दीपक भासीनले बीबीसीसँग कुरा गर्दै उनको सकारात्मक इच्छाशक्तिका कारण यो सम्भव भएको बताए ।

८० वर्षको उमेरमा अधिक मानिसको ज्यान जोखिममा हुने समयमा उनलाई अस्पतालवाट डिस्चार्ज गर्न पाउँदा खुसी लागेको डा भासिनले बताए । ‘कुलवन्त आफैँ एक स्टाफ नर्स भएका कारणले पनि उनले चिकित्सा र उपचारलाई सहज रुपमा सम्झिइन’ डा. भासिनले भने, ‘उनले आफ्नो स्वास्थ्यको आफैँ ख्याल राखेका कारण यो सहज भयो ।’

उनलाई सुरुमा ज्वरो आएको थियो । उनलाई अस्पतालले मलेरियाका लागि दिने खोप दिएको थियो भने रक्तचाप र मधुमेहको औषधि पनि दिएको थियो । एजेन्सीको सहयोगमा–

|तस्वीरमा ८१ वर्षीय वृद्धा। श्रोतः बीबीसी हिन्दी|

प्रतिक्रिया दिनुहोस्