चीनबाटै ‘एसिम्टोम्याटिक’ भाइरसको खतरनाक हमला : संक्रमित मात्रै १,५४१ जना



२६ चैत्र २०७६, काठमाडौं

संसारभर झण्डै ७७ हजार मानिसको ज्यान लिएको कोभिड १९ (कोरोना भाइरस)बाट झण्डै १४ लाख मानिस संक्रमित भइसकेको छन् ।

कोरोनाबाट संसार नै डराएको अवस्थामा फेरि कोरोनाले नै नयाँ हमला शुरु गरेको न्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । नयाँ कोरोना भाइरसको संक्रमण पनि हुवेई प्रान्तबाटै आएको बताइन्छ ।

संक्रमितलाई नयाँ कोरोना लागेको थाहै नहुने भएकाले पहिलेको तुलनामा नयाँ कोरोना झनै खतरनाक मानिएको छ । अहिलेसम्म कोरोनाको संक्रमणमा रुघाखोकी, घाँटीमा समस्या, ज्वरो र स्वास लिनका लागि समस्या हुने थियो ।

अब कोरोनाले स्वरुप परिवर्तन गरेर कुनै पनि प्रकारको लक्षणबिना नै मानिसमा संक्रमण हुने गरेको विशेषज्ञहरुले बताउँछन् । संसारलाई त्रसित पार्नेगरी कोरोनाले नयाँ रुपमा चीनकै वुहानबाट आक्रमण शुरु गरेको छ ।

यसलाई ‘एसिम्टोम्याटिक’को नाम दिइएको छ । ‘एसिम्टोम्याटिक’को अर्थ कुनै पनि प्रकारको लक्षणबिना नै संक्रमण हुनु हो । यसलाई मात्र टेष्ट गरेर पत्ता लगाउन सकिन्छ ।

तापक्रम नाप्ने मेसिनले अब शंका गर्न पनि नसकिने स्वरुप कोरोना भाइरसले लिएको छ । ‘एसिम्टोम्याटिक’ कोरोनाको बिरामी कोभिड १९ का सामान्य बिरामी भन्दा धेरैगुणा खतरनाक हुने चिकित्सकहर बताउँछन् ।

अहिलेसम्म संसारभर ‘सिम्टोम्याटिक’ कोरोना संक्रमित मानिसहरु थिए भने अब फेरि एसिम्टोम्याटिक कोरोनाको संक्रमणले संसारलाई हल्लाउने भएकोछ ।

पहिलेको कोरोना पहिचान गर्न र उपचार गर्न सजिलो थियो भने अब एसिम्टोम्याटिक कोरोनाका कारण ठूलो क्षती व्यहोर्नु पर्ने देखिएको छ ।
‘एसिम्टोम्याटिक’ कोरोनाले चिनियाँ नागरिक मात्र प्रभावित भएका छैनन्, यो भाइरसले संसारका सबै देशमा ठूलो चुनौति खडा गरेको छ ।

चीनको हुवेईमा ल‘कडाउन्’ हटाउने र जनजीवन सामान्य बनाउन सरकारले तत्काल उठाएको कदम उल्टो भएको छ । एकाएक १ हजार ५ सय ४१ कोरोना संक्रमित भेटिएपछि एसिम्टोम्याटिक कोरोनाको खुलासा भएको हो ।

चीनले ‘लकडाउन्’ हटाएपछि देखिएका बिरामी पहिलेका तुलनामा निकै खतरनाक हुने अनुमान गरिएको छ ।

किन र कसरी उब्जियो नयाँ कोरोना ?
पुराना कोरोना भाइरसका केही बिरामी हुँदै गर्दा नयाँ खालको कोरोना भाइरसको संक्रमण भएपछि हवेई प्रान्तमा नयाँ रणनीति अपनाउने चीनको तयारी छ । चीनले हुवेईमा ‘लकडाउन्’ लगाएपछि कोरोनाका बिरामी निक्कै कम भए ।

मार्च महिनामा त त्यहाँ एक दुई बिरामी मात्र फेला परेका थिए । त्यसैले चीनलाई लाग्यो, हुवेई प्रान्तमा बिरामी छैनन् । त्यसैले चीनले ‘लकडाउन्’ हटाउने निर्णय लियो ।

तर यो निर्णय प्रतिउत्पादक बनेको छ । चीन सरकारले २ महिनासम्म ‘लकडाउन्’ गरेर जनजीवन सामान्य नियन्त्रणमा रहेको थियो । ८ अप्रिलबाट वुहानमा पब्लिक ट्रान्सपोर्ट शुरु गर्ने कोसिस गरेको थियो ।

यसअघि नै यहाँबाट डोमेस्टिक र अन्तर्राष्ट्रिय उडान पनि शुरु गरेको थियो । विदेशबाट आएका कयौँ व्यक्ति एसिम्टोम्याटिक कोरोनाको शिकार बनेका छन् । विदेशबाट आएका व्यक्तिमा पनि ‘एसिम्टोम्याटिक’ कोरोना फेला परेको छ ।

अहिले पनि दैनिक ५० जनाको हाराहारीमा विदेशबाट आउनेमा चीनमा कोरोना देखिएको छ । विदेशबाट आउनेले पनि ‘एसिम्टोम्याटिक’ कोरोना भित्र्याउन थालेपछि चीनले नयाँ कदम उठाउने तयारी गरेको छ ।

हुवेईमा ‘लकडाउन्’ हटाएपछि ‘एसिम्टोम्याटिक’ कोरोना फेला परेपछि १ हजार ५ सय ४१ नयाँ संक्रमण फेला परेका छन् । कोरोनाको नयाँ स्वरुप हेर्दा कोरोना भाइरसले हाम्रो साथ छाड्न त्यसै सक्दैन ।

त्यसैले ‘लकडाउन्’लाई लम्ब्याउनु आवश्यक देखिन्छ । महामारी रोगका विशेषज्ञ डा. एन्टोनी फ्लेहाल्टले अहिलेसम्म कोरोनाको पहिलो चरण रहेपनि यसले स्वरुप परिवर्तन गर्ने बताएका छन् ।

अब कोरोनाले स्वरुप परिवर्तन गरेर मानिसलाई लामो समयसम्म दुख दिन्छ । चीनमा यसको दोस्रो चरण सुरु भएकोमा उनी चिन्तित छन् । महामारी विज्ञानका विशेषज्ञ डा. एन्टोनी फ्लेहाल्टका अनुसार कोरोना संक्रमणका नयाँ बिरामी नआउनु पनि अल्पविराम जस्तै हो ।

चीनका आसपासका देशमा धेरै संख्यामा बिरामी नदेखिनुलाई पनि उनले यस्तै भनेका छन् । तुलनात्मकरुपमा चीनका छिमेकी देशमा अहिले पनि कोरोना संक्रमण कम देखिएको छ ।

कोरोनाको महामारीलाई विभिन्न चरणमा फैलिने आशंका गरिएको छ । एक पटक नियन्त्रणको नजिक पुगे पनि कोरोनाले फेरि स्वरुप परिवर्तन गरेर मानिसमा आक्रमण गर्ने वैज्ञानिकहरुको चेतावनी छ ।

त्यसैले कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न कयौँ वर्षसम्म कुर्नुपर्ने हुनसक्ने अनुमान गरिएको छ ।

नयाँ कोरोनालाई कसरी परास्त गर्न सक्ला विश्वले ?
पहिलो उपचारः सरकारले ‘लकडाउन्’लाई चाँडै अन्त्य गर्नु हुँदैन । अब्जरभेसनका लागि निश्चित समय दिएर मात्र लकडाउन खोल्ने निर्णयमा पुग्नुपर्छ । अन्तर्राष्ट्रिय यात्रुको आवत जावतमा लामो समयसम्म प्रतिबन्ध लगाउनु आवश्यक हुन्छ ।

दोस्रो उपचारः कोरोना ठिक भएका बिरामीलाई तत्काल नै समाजसँग घुलमेल हुन दिनु हुँदैन । पटक पटक त्यस्ता निको भएका बिरामीलाई निगरानीमा राखेर उपचार गर्नुपर्छ । उनीहरुमा एसिम्टोम्याटिक कोरोनाको संक्रमण नहोस् भनेर सचेत बन्नुपर्छ । एजेन्सीको सहयोगमा-

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्