विश्व स्वास्थ्य संगठनलाई ट्रम्पको धम्की



२६ चैत्र २०७६, काठमाडौँ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) लाई दिइदै आएको सहयोग रोक्ने चेतावनी दिएका छन् ।

ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सको मंगलबारको ब्रिफिङ्गको क्रममा ट्रम्पले डब्लुएचओले चीनको पक्ष लिएको भन्दै अमेरिकाले प्रदान गर्दै आएको सहयोग रोक्ने चेतावनी दिएका हुन् ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसबारे पहिले नै चेतावनी जारी गर्नुपर्ने बताएका छन् ।

तर यथार्थता यो छ कि, विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरसको अन्तर्राष्ट्रिय खतराको विषयमा शीर्ष स्तरमा जुन दिन चेतावनी जारी गरेको थियो त्यो दिन ट्रम्पले यो भाइरसलाई झुटो भन्दै बेवास्ता गरेका थिए ।

ट्रम्पले विश्व स्वास्थ्य संगठनलाई धम्की दिँदै भने, ‘अमेरिकाले डब्लूएचओलाई दिने पैसा माथि रोक लगाउँदैछ ।’ तर, त्यसको केहि बेरपछि उनले आफ्नो बयान फेर्दै भने, ‘मैले यस्तो गर्छु कहाँ भनेँ र ?’

प्रतिक्रिया दिनुहोस्