“बूढानीलकण्ठ नगरपालिका प्रकोप ब्यवस्थापन कोष”मा करिब आठ लाख सहयोग जुट्यो (सूचीसहित)



२५ चैत २०७६, काठमाडौं

बूढानीलकण्ठ नगरपालिकाले दुई दिन अघि स्थापना गरेको कोरोना संक्रमण रोकथाम नियन्त्रणका लागि स्थापित “बूढानीलकण्ठ नगरपालिका प्रकोप ब्यवस्थापन कोष”मा सात लाख सतासी हजार छ सय बत्तीस रुपैंयाँ जम्मा भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागमती प्रदेश सचिवालय सदस्य तथा बूढानीलकण्ठ नगरपालिकाका प्रमुख सल्लाहकार सुन्दर पुर्कुटीका अनुसार हिजोदेखि थालिएको आर्थिक संकलन अभियानमा अहिलेसम्म राजनीतिकर्मी, राजनीतिक दल, सामाजिक संघसंस्था, निर्माण व्यवसायी तथा बूढानीलकण्ठवासीहरुका तर्फबाट सहयोग प्राप्त भएको छ र सहयोग प्राप्त हुने क्रम जारी छ ।

“बूढानीलकण्ठ नगरपालिका प्रकोप ब्यवस्थापन कोष” सहयोग गर्नेको नामावली :

नेपाल कम्युनिष्ट पार्टी (नेकपा), बूढानीलकण्ठ नगर कमिटी : रु.१,५१,०००।–
बूढानीलकण्ठ निर्माण व्यवसायी संघ : रु.१,११,१११।–
एनप्याब्सन बूढानीलकण्ठ नगर कमिटी : रु. १,०१,०००।–
सांसद दिव्यमणी राजभण्डारी : रु.१,००,०००।–
कपन बहुमुखी क्याम्पसका बूनपा १० (प्राध्यापक तथा कर्मचारीबाट) : रु.८९,०००।–
नेपाली काँग्रेस काठमाडौं क्षेत्र नं. ४ प्रदेश (ख) : रु.६२,५००।–
माता नवदुर्गा वहुउदेश्य सहकारी संस्था बूनपा १२ : रु.५५,५५५.५५।–
बालज्योती बचत तथा ऋण सहकारी संस्था बूनपा १० : रु.२५,५५५।–
स्वर्गीय पं. सीताराम लामिछाने प्रतिष्ठान बूनपा २ : रु.२५,५२५।–
कान्जी रोवा बचत तथा ऋण सहकारी संस्था बूनपा १२ : रु.२१,२५०।–
नेकपा केन्द्रिय सदस्य डा. राजन भट्टराई : रु २०,०००।–
ज्ञानभूमि टोल सुधार समिति बूनपा ४ : रु.१०,०००।–
ध्रुवकुमार श्रेष्ठ बूनपा ६ : रु.१०,०००।–
गोकुल धिताल बूनपा ८ : रु.५,०००।–

प्रतिक्रिया दिनुहोस्