नेकपा बैठकमा प्रधानमन्त्रीबाट सरकारी कदमबारे जानकारी



२५ चैत २०७६, काठमाडौं

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले चालेका कदमबारे जानकारी गराउनुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा प्रधानमन्त्री ओलीले भाइरस रोकथाम र उपचारका क्रममा चालिएका कदम र उपलब्धिबारे बैठकलाई ब्रिफिङ गराउनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । बैठकमा नेताहरुको सामाजिक दूरी कायम हुने गरी स्थान निर्धारण गरिएको छ ।बैठकमा भाइरस रोकथामका लागि सरकारका कामको समीक्षा र पार्टीको भूमिकाबारे छलफल र निर्णय हुने जनाइएको छ । बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित सचिवालयका नेता सहभागी हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्