कोरोना उपचार कोषमा सांसद र कर्मचारीको तर्फबाट १ करोड बढी रकम जम्मा



२५ चैत्र २०७६, पकाठमाडौं

कोभिड १९ (कोरोना भाइरस)विरुद्ध लड्‍नका लागि सरकारले स्थापना गरेको ‘कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोष’मा संघीय संसद्का सांसद र कर्मचारीहरुका तर्फबाट १ करोड १ लाख ३२ हजार ८ सय रकम जम्मा भएको छ ।

उक्त कोषमा सभामुख अग्‍निप्रसाद सापकोटा र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एकएक महिनाको पारिश्रमिक बराबरको ६७ हजार ३२० रुपैयाँका दरले जम्मा गरेका छन् ।

राष्ट्रिय सभा उपाध्यक्ष शशीकला दहालले भने उक्त कोषमा ७० हजार ७३० रुपैयाँ जम्मा गराएकी छिन् । संसद् सचिवालयले दिएको जानकारी अनुसार उक्त कोषमा नेकपाका १९५ सांसदले रकम जम्मा गराएका छन् ।

नेकपाका सांसदहरूको तर्फबाट ६३ लाख २ हजार ५९० रुपैयाँ जम्मा गरिएको छ । नेकपाले सबै सांसदको १५ दिनको पारिश्रमिक बराबरको रकम जम्मा गराउने निर्णय गराएको थियो ।

|तस्वीरमा संसद भवन। फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्