‘विकसित देशलाई आछु-आछु पार्ने भाइरसले नेपाललाई हम्मे-हम्मे पार्न स्वाभाविक’



२५ चैत्र २०७६, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले विकसित मुलुकलाई आछु-आछु पार्ने भाइरसले नेपालजस्तो विकासोन्मुख राष्ट्रलाई हम्मे-हम्मे पार्न स्वाभाविक रहेको बताएका छन् ।

मंगलबार (आज) देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हम्मे-हम्मे पारे पनि नेपालले कोरोनाविरुद्ध युद्धस्तरमा तयारी गरिरहेको बताए ।

“सिङ्गो मानवजातिको लागि चुनौतीको रुपमा देखिएको भाइरसले अति विकसित देशहरुलाई आछु-आछु परेको छ । नेपालजस्तो विकासोन्मुख राष्ट्रलाई हम्मे-हम्मे पर्नु स्वाभाविकै हो ।” उनले भने, ‘यद्यपि पनि नेपालले यसविरुद्ध लड्न युद्धस्तरमा काम गरिरहेको छ ।’

यस्तै उनले महामारीसँग जुध्न प्रतिपक्षी दलसहित अन्य विभिन्न राजनीतिक दलले सरकारलाई दिएको साथको प्रशंसा गर्दै आगामी दिनमा पनि समझदारी र एकता रहने कुरामा आफू विश्वस्त रहेको बताए ।

|तस्वीरमा देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री। सौजन्यः नेपाल टेलिभिजन|

 

प्रतिक्रिया दिनुहोस्