बूनपा १२ मा अनुगमन तीब्र : कालोबजारीको आशंका



२५ चैत २०७६, काठमाडौं

बूढानीलकण्ठ नगरपालिका वडा नं.१२ का वडाध्यक्ष शम्भुप्रसाद भट्टराईको नेतृत्वमा कालोबजारी गरेको भन्ने सूचनाको आधारमा वडाभित्र रहेका विभिन्न थोक तथा खुद्रा पसलहरुको अनुगमन गरिएको छ ।

अनुगमनको क्रममा चाहना ट्रेडर्सले मूल्य बढाएर बिक्री गरेको पाईएको थियो । त्यस सम्बन्धमा सोधपुछ गर्दा बढी मूल्यमा आफूले नै खरिद गरेको हुनाले मूल्य बढाएर बिक्रि गरेको बताए । वडाका प्रतिनिधिले त्यसरी बढी मूल्यमा खरिद गरिएको बिल देखाउन अनुरोध गर्दा आलटाल गरेपछि पसल बन्द गराई खरिद बिल लिएर वडा कार्यालय आउन अनुरोध गरेका थिए ।

अनुगमनमा वडाध्यक्ष शम्भु भट्टराई सहित वडा सदस्य पुरुषोत्तम नेपाल, शान्ता ढकाल, नगर प्रहरी, नेपाल प्रहरी र स्थानीय संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्