अन्तर्राष्ट्रिय अनुसन्धानहरुले कोरोनाविरुद्ध लड्ने नेपालको तयारीको प्रशंसा गरेका छन् : प्रधानमन्त्री



२५ चैत्र २०७६, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय अनुसन्धानहरुले कोभिड १९ (कोरोना भाइरस)विरुद्ध लड्न नेपालले गरेको तयारीको प्रशंसा गरेको बताएका छन् ।

मंगलबार (आज) देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले छिमेकी मुलुकहरुको सहयोगको कारण पनि नेपालले कोरोनाविरुद्ध लड्न राम्रो तयारी गर्न सकेको बताए ।

“कोरोनाविरुद्ध लड्न अन्य विकसित राष्ट्रहरुभन्दा नेपालले राम्रो तयारी गरेको छ । यो कतिपय छिमेकी मुलुकहरुको सहयोगले पनि हो ।” उनले भने, ‘कतिपय अन्तर्राष्ट्रिय अनुसन्धानहरुले नेपालको तयारीको प्रशंसा गरेका छन् । यसले थप हामीलाई कोरोनाविरुद्ध लड्नमा सहयोग गर्नेछ ।’

यस्तै उनले आउँदा दिनहरुमा पनि नेपालले कोरोनाविरुद्ध लड्न तयारीहरु गर्दे जाने बताए ।

|तस्वीरमा देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री। सौजन्यः नेपाल टेलिभिजन|

प्रतिक्रिया दिनुहोस्