वर्तमान सरकारले भ्रष्टाचारीलाई निर्ममताका साथ कारबाही गर्छ : प्रधानमन्त्री ओली



२५ चैत्र २०७६, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले भ्रष्टाचार भएको थाहा पाए निर्ममताका साथ कारबाही गर्ने बताएका छन् ।

मंगलबार (आज) देशवासीको नाममा सम्बोधन गरेका प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

“वर्तमान सरकारले भ्रष्टाचार भएको थाहा मात्रै पाए पनि निर्ममताका साथ कारबाही गर्छ ।” प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा भने, ‘केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा यस विषयविरुद्ध आएका समाचारहरु किमार्थ प्रशंसनीय छन् । सरकार यसप्रति सदैव सजग छ ।

यस्तै उनले मूलधारका सञ्चारमाध्यमहरुलाई सही कुराको मात्रै प्रचारप्रसार गर्न अनुरोध गरे ।

|तस्वीरमा प्रधानमन्त्रीको सम्बोधन। सौजन्यः नेपाल टेलिभिजन|

प्रतिक्रिया दिनुहोस्