‘लकडाउन्’ले परेको असुविधाप्रति क्षमा चाहन्छु : प्रधानमन्त्री ओली



२५ चैत्र २०७६, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीसँग क्षमा मागेका छन् ।

मंगलबार (आज) देशवासीलाई सम्बोधन गर्दे प्रधानमन्त्री ओलीले मुलुकमा ‘लकडाउन्’ले परेको असुविधाप्रति क्षमा मागेका हुन् ।

“तपाईँहरुलाई ‘लकडाउन्’ले कति असर गरेको छ । त्यो सहजै थाहा हुन्छ ।” उनले सम्बोधनका क्रममा भने, ‘लकडाउन्ले परेको असुविधाप्रति क्षमा चाहन्छु ।’

यस्तै उनले सबै देशवासीमा अझै धैर्यता गर्नुपर्ने समेत बताए ।

|तस्वीरमा देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री। सौजन्यः नेपाल टेलिभिजन|

प्रतिक्रिया दिनुहोस्