प्रधानमन्त्री ओलीद्वारा समकक्षी जोनसनको स्वास्थ्यलाभको कामना



२५ चैत्र २०७६, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायतका प्रधानमन्त्री बोरिस जोनसनको स्वास्थ्यलाभको कामना गरेका छन् ।

कोभिड १९ (कोरोना भाइरस)को संक्रमण भएर आइसीयूमा भर्ना भएका बेलायती समकक्षी जोनसनको प्रधानमन्त्री ओलीले मंगलबार (आज) स्वास्थ्यलाभको कामना गरेका हुन् ।

जोनसन आइसीयूमा भर्ना भएको आफूले जानकारी पाएको र कोरोना भाइरसँग लड्ने क्षमता रहेको ओलीले सामाजिक सञ्‍जाल ट्वीटरमा उल्लेख गरेका छन् ।

५५ वर्षीय जोनसनले आइतबार साँझ आफू नियमित परीक्षणका क्रममा अस्पताल भर्ना भएको र सबै एकजुट भएर लडेमा कोरोना भाइरसविरुद्धको लडाइँमा सफलता हात पार्ने विश्वास दिलाएका थिए ।

|तस्वीरमा प्रधानमन्त्री केपी ओली र बेलायती समकक्षी जोनसन। फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्