प्रधानमन्त्री ओलीले आज ११ बजे देशवासीका नाममा सम्बोधन गर्ने



२५ चैत्र २०७६, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारले चालेका महत्वपुर्ण कदम र तयारीलाई लिएर आज विहान ११ बजे  देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्री ओलीले सोमबार बसेको मन्त्रिपरिषद बैठकमा महामारीका रुपमा रहेको कोरोना संक्रमण नियन्त्रण, रोकथाम र उपचारबारे अहिलेसम्म सरकारले चालेका महत्वपुर्ण कदम, गरेका तयारी र कार्यायोजनाबारे सम्बोधन गर्न लागेको जानकारी गराएका थिए ।

सम्बोधनका क्रममा प्रधानमन्त्रीले स्वास्थ्यकर्मीलाई निर्धक्क भएर उपचार कार्यमा संलग्न हुन र सर्वसाधारणलाई सचेत रहन आग्रह गर्ने बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्