कोरोनासँगको महायुद्धमा पछि पर्दै छिमेकी मुलुक भारत, पछिल्लो २४ घण्टाको अपडेट



२५ चैत्र २०७६, काठमाडौँ

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दो रुपमा देखिएको छ ।

भारतमा पछिल्लो २४ घण्टामा १८ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १३६ पुगेको छ ।

एकैदिन ४८९ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ४ हजार ७७८ पुगेको छ । त्यस्तै संक्रमितमध्ये ३७५ जना उपचारपछि निको भएका छन् भने ४ हजार २६७ जना उपचाररत छन् ।

प्रतिक्रिया दिनुहोस्