राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त



२४ चैत्र २०७६, काठमाडौं

सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ ।

आज (सोमबार) बसेको मन्त्रिपरिषद बैठकले अधिकारीलाई राष्ट्र बैंकको गभर्नर नियुक्त गरेको हो । अधिकारी नेपाल लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत हुन् ।

अर्थमन्त्री युवराज खतिवडा नेतृत्वको सिफारिस समितिले अधिकारीसहित चिन्तामणि शिवाकोटी र राजन खनालको नाम सिफारिस गरेको थियो ।

अर्थमन्त्री डा. युवराज खतिवडा गभर्नर हुँदा अधिकारी नेपाल राष्ट्र बैंकमा डेपुटी गभर्नर थिए ।

|तस्वीरमा महाप्रसाद। फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्