‘लकडाउन्’ पुनः ८ दिन लम्ब्याउने मन्त्रिपरिषद्को निर्णय



‘२४ चैत्र २०७६, काठमाडौं

सरकारले कोभिड १९ (कोरोना भाइरस) रोकथाम तथा नियन्त्रणका लागि घोषणा गरेको ‘लकडाउन्’को अवधि पनः थप गरेको छ ।

कोरोनाका संक्रमित थप व्यक्तिहरु फेला परेसँगै सोमबार (आज) बसेको मन्त्रिपरिषद्को बैठकले पुनः ८ दिन लम्ब्याउने निर्णय गरेको हो ।

यसअघि सरकारले पहिलोपटक गत ११ चैतदेखि १८ सम्म ‘लकडाउन्’ घोषणा गरेको थियो । तर, संक्रमितको संख्या थपिँदै गएपछि दोस्रोपटक पुनः चैत २५ गतेसम्म थपेको थियो ।

सरकारले ‘लकडाउन्’का बेला अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन भनेको छ । तर खाद्यान्‍न तथा अत्यावश्यक वस्तु र ठूला आयोजना सञ्‍चालन गर्न भने दिने निर्णय गरेको छ ।

|तस्वीरमा मन्त्रिपरिषद्को बैठक|

प्रतिक्रिया दिनुहोस्