काँग्रेसबाट निर्वाचित सिन्धुलीका वडाध्यक्ष गोविन्द पहाडीले जनतालाई बाड्न पठाएको मास्क समेत लुकाएको पुष्टि (विज्ञप्ति सहित) 



२४ चैत २०७६, काठमाडौं

कोरोना भाईरस विरुद्धको अभियानलाई प्रभावकारी रुपमा सामना गरिरहेका देशभरिका स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरु आफ्नो जीवन नै जोखिम पारेर जनताको सेवामा दत्त चित्त भएर लागिरहेका छन् ।

दुःखको कुरा विपद्को समयमा पनि जनतालाई वितरण गर्न नगरपालिका कार्यालयबाट पठाईएको २५,०० थान मास्कमा १,००० थान मास्क अपचलन गरी आफन्त र नातेदारलाई बाँड्ने लोभले गर्दा अहिले सिन्धुली जिल्लाको दुधौली नगरपालिका वडा नम्बर–१ का वडाध्यक्ष गोविन्द प्रसाद पहाडीको आजसम्म बाहिर देखिएको त्यागी, जनसेवी र सादगी चरित्रलाई उदांगो बनाएको छ ।

आफूले गरेको एउटा गल्तीलाई ढाक्नको लागि वडाध्यक्ष तथा नेपाली काँग्रेस सिन्धुलीका कोषाध्यक्ष गोविन्द पहाडीले पदीय क्षमताको दुरुपयोग गर्दै काँग्रेस जिल्ला कार्यसमिति सभापति उज्वल बराल र दुधौली नगर समितिका सभापति कुमार बस्नेतको नामबाट विज्ञप्ति निकाल्न लगाएर आफूलाई पानीमाथिको ओभानो बनाउने प्रयास गरे ।

आफ्नो गल्ती स्वीकार गर्न भन्दा ढाक्नकै लागि दुधौली वडा नम्बर १ को लेटर प्याडमा आफ्नो बचावटको लागि आफैंले विज्ञप्ति आफूले नगरपालिका मार्फत १,५०० मात्र मास्क प्राप्त गरेको र केहि संचारमाध्यम आफ्नो चरित्र हत्याको प्रयास गरिरहेको बताए ।

दुधौली नगरपालिकाको प्रष्टोक्ति सहितको अपिल : 

आज दुधौली नगरपालिकाका प्रमुख घनश्याम राउतले जारी गरेको भनिएको छ “…सम्पूर्ण वडाहरुमा मास्कको व्यवस्थापन तथा वितरण वडा तहबाट नै गर्ने गरी निर्णय भए अनुसार अधिकांश वडाबाट मास्क वितरण भईसकेको अवस्थामा वडा नं. १,२,८ र १२ मा मास्क नभएको भनी वडाध्यक्षहरुबाट जानकारी प्राप्त भएकोले पहिलो चरणमा सम्बन्धित वडाहरु १,२,८ र १२ को प्रति वडा २५०० का दरले मास्क उपलब्ध गराईएको ब्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना गरिएको छ ।” नगरप्रमुखको विज्ञप्तिबाट के प्रष्ट हुन्छ भने नगरपालिका मार्फत वितरण गरिएका नगरका वडाहरु १, २, ८ र १२ मा पहिलो चरणमा वितरण गरिएका मास्कहरु एकै ठाउँबाट ल्याईएका र समान संख्याका थिए ।

परिवर्तन खबरसँगको कुराकानीमा नगरप्रमुख घनश्याम राउतले भनेका थिए,“ वडाध्यक्ष गोविन्द पहाडीले रोजेर लागेको पोकाबाट १००० मास्क गायब हुनुले दोश्रो चरणको मास्क वितरण कार्यपालिका सदस्य डिल्लीबहादुर भुजेल मार्फत वितरणको लागि जिम्मा लगाईएको छ ।”

मास्क काण्डको बारेमा नेकपा दुधौली–१ का वडाध्यक्ष चन्द्र प्रसाद पहाडीसँग कुरा गर्दा उनले भने,“मास्क ठूलो र बहुमुल्य विषय होईन । नेपाली काँग्रेसको जनप्रतिनिधि भएकाले २५०० मास्कमा १००० मास्क आफ्ना कार्यकर्तालाई बाड्नु पनि कुनै आपत्तिजनक मुद्दा थिएन । १००० मास्क आफन्त र कार्यकर्तालाई बाडियो बाँकी रहेको मास्क टोल सुधार समिति मार्फत पठाईएको छ भन्दा पनि हामी विरोध गर्ने थिएनौं तर जानीजानी १००० थान मास्क लुकाउनु हामीलाई स्वीकार्य भएन । हाम्रा कार्यकर्ताहरुले यसको विरोध गरे । अध्यक्षको नाताले कार्यकर्ताको भनाई नै मेरो भनाई हो । जाबो २५०० थान मास्कमा त १००० थान घोटाला हुने रहेछ भने विकास निर्माणका योजनामा कति खाएका होलान् ? आगामी दिनमा नेकपाले हरेक योजनाको पारदर्शीता र कार्यान्वयनमा निगरानी र खबरदारी गर्नेछ । वडाध्यक्षले गरेका अधिकांश विकास निर्माणका काममा विश्वासको आधारमा सहयोग र समर्थन गरेका थियौँ । अब एक–एक गरी खोजी गर्छौं ।”

नगरप्रमुख राउतले कार्यपालिका सदस्य डिल्ली भुजेल मार्फत मास्क वितरण गराएपछि दुधौली–१ का काँग्रेस कार्यकर्ताले वडा कार्यालयलाई पठाएको मास्क नेकपाका कार्यकर्ताले गुण्डागर्दी गरी लुटेर लगेको भनी सामाजिक संजाल र व्यक्तिगत रुपमा फोन गरी थर्काउने सम्मका हर्कत गरेको नेकपाका एक कार्यकर्ताले परिवर्तन खबरलाई बताए ।

दुधौली वडा नं. १ वडा कार्यालयद्वारा जारी विज्ञप्ती : 

यो पनि पढ्नुहोस् : 

सिन्धुलीको दुधौली १ मा नेकपा कार्यकर्ताको अगुवाईमा निःशुल्क माक्स वितरण

प्रतिक्रिया दिनुहोस्