कोरोना भाइरस रोकथाम तथा उपचार स्वास्थ्य सामाग्री खरिद प्रकरणमा जोडिएका शर्मा



२४ चैत २०७६, काठमाडौं

कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा उपचारका स्वास्थ्य सामग्री खरिद प्रकरणमा संलग्न युवराज शर्माले ‘राज्यलाई सहयोग र समन्वय गर्ने’ मात्र आफ्नो भूमिका रहेको बताएका छन् ।

‘अत्यन्तै छोटो समयमा स्वास्थ्य सम्बन्धि विभिन्न सामग्रीहरु खरिद गरी ल्याउन त्यति सहज थिएन । ओम्नी समूहका संचालक तुलहरि सिंह एक परिचित व्यक्ति भएकाले मेरो नातेदार उद्यमी व्यवसायी रबिन श्रेष्ठलाई खरिद प्रक्रियामा सहयोग गर्न अनुरोध गरें,’ उनले एक विज्ञप्ती जारी गर्दै भनेका छन्, ‘तत्पश्चात चीनमा व्यवसाय गर्ने मेरा नेपाली तथा चिनियाँ साथीहरुलाई सामग्री जुटाउन आवश्यक सहयोग गर्न अनुरोध गरें । देशमा सम्भावित महामारीको प्रकोप हुनुभन्दा पहिल्यै व्यवस्थापकीय तथा प्राविधिक रुपमा पूर्ण तयारी गर्नुपर्ने संकटको घडीमा मैले राज्यलाई केही सहयोग गर्न समन्वयको भूमिका मात्र निर्वाह गरेको हुँ ।’

शर्माको भनाई
हालैका दिनहरुमा दैनिक पत्रिका र विभिन्न अनलाईन मिडियाहरुमा नेपाल सरकारले चीनबाट खरिद गरिएको अत्यावश्यक स्वास्थ्य सामग्री एवं उपकरण खरिद प्रकरणमा मेरो संलग्नता रहेको भनी आएका समाचारहरुप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।

सर्वप्रथम यो खरिद प्रक्रियामा छनौट भएको ओम्नी गु्रप (ओविसिआई)मा म र मेरो परिवार कसैकोपनि संलग्नता नरहेको स्पष्ट पार्न चाहन्छु । जसरी नियोजित ढंगले विभिन्न छापा तथा अनलाइनहरुमा मलाई चित्रण गरिएको छ, त्यसप्रति म र मेरो परिवार ज्यादै स्तब्ध र दुःखी भएका छौं । यो ढंगको भ्रामक र कपोल्कल्पित समाचारबाट विचलित नहुन मेरा सम्पुर्ण शुभेच्छुक र पाठक वर्गलाई आर्दिक अपिल समेत गर्न चाहन्छु ।

हाल कोरोना भाइरसको कारण उत्पन्न भएको विश्व महामारीले निम्त्याएको त्रास र हाम्रो देशमा महामारी रोकथाम गर्न पुर्ण तयारी नभएको अवस्थामा, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस महामारीलाई नियन्त्रण गर्न, पिपिईरमाक्स जस्ता अत्यावश्यक सामग्रीहरु पर्याप्त मात्रामा उपलब्ध गराउन, कोराना संक्रमितहरुलाई परिक्षण गर्न आवश्यक पिसीआर ल्याब स्थापना गर्ने कार्यलाई आपतकालीन व्यवस्थापन गर्न जुटिरहेको अवस्था हो । त्यस्तै, उच्चस्तरीय समन्वय समिति अन्तर्गत क्वारेनटाइन व्यवस्थापन उपसमितिको मातहतमा रही त्यस उपसमितिका संयोजक माननीय पर्यटन र उड्ययन मन्त्री योगेश भट्टराईसँग उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान)को तर्फबाट सक्रिय रुपमा काम गर्ने क्रममा एकरदुई पटक माननीय स्वास्थ्य मन्त्री भानुभक्त ढकालसँग काठमाडौंका केही अस्पताल र मेडिकल कलेजलाई विशेष क्वारेनटाइन र आइसोलेशन केन्द्र बनाउनेबारे सोही मन्त्रालयमा छलफल भएको हो । त्यही दौरानमा स्वास्थ्य सामग्री खरिद प्रक्रिया अगाडि बढेको र तत्काल चीनबाट खरिद गर्न ओम्नी समुह छनौट भएको थाहा भयो ।

अत्यन्तै छोटो समयमा ती सामग्रीहरु खरिद गरी नेपाल ल्याउने काम असम्भव जस्तै थियो । ओम्नी समुहका संचालक तुलहरि सिंह एक परिचित व्यक्ति भएकाले मेरो नातेदार उद्यमी व्यवसायी रबिन श्रेष्ठलाई सो खरिद प्रक्रियामा सहयोग गर्न अनुरोध गरें । ततपश्चात चीनमा व्यवसाय गर्ने केही मेरा नेपाली तथा चिनियाँ साथीहरुलाई सामग्री जुटाउन आवश्यक सहयोग गर्न अनुरोध पनि गरें । देशमा सम्भावित महामारी प्रकोप हुनुभन्दा पहिल्यै व्यवस्थाकपीय तथा प्राविधिक रुपमा पूर्ण तयारी गर्नुपर्ने यस संकटको घडीमा मैले राज्यलाई केही सहयोग गर्न समन्वयको भुमिका मात्र निर्वाह गरेको हो । एउटा सचेत नागरिकको हैसियतले, सही नियतले गरेको सहयोगलाई मिडियाहरुले गलत ढंगले अथ्र्याउनु आफैंमा दुःखद विषय हो । जस्ले हामीलाई अत्यन्तै मर्माहत बनाएको छ ।

बिडम्बना नै भन्नुपर्छ मैले सामाजिक संजालमा राखेका सामग्रीलाई मात्र आधार बनाएर सम्माननीय प्रधानमन्त्री, माननीय उपप्रधानमन्त्री तथा मन्त्रीहरु र सल्लाहकार समूहसँगको मिलोमतोमा यस खरिद प्रकरणको मुख्य योजनाकार युवराज शर्मा नै हो भनी आएको समाचारहरुप्रति म खेद प्रकट गर्दछु र यी समाचारहरुमा कुनै सत्यता नभएको जानकारी गराउँदछु । ओम्नी समुहसँग यस प्रकरणसँगै विगतमा पनि विभिन्न व्यवसायी “डिल”मा मलाई जोडिएको विषय पनि हाँस्यस्पद छ । यस विश्व महामारी आपत–विपतको अवस्थामा एक नागरिकको हैसियतले सरकारको काम कारवाहीलाई चुस्तता दिनुपर्ने, आवश्यक पर्दा आफ्नो निजी स्वार्थभन्दा माथि उठेर आवश्यक समन्वय गरी समयमै औषधिजन्य अत्यावश्यक सामग्री ल्याउने कार्यमा मेरो संलग्नतालाई यति धेरै टिक्का टिप्पणी, आरोप र आलोचित हुनु परेकोमा म र मेरो परिवार अचम्मित र दुःखी भएका छौं । मलाई लाग्छ, मेरो पारिवारिक पृष्ठभुमि र राजनीतिक आस्थालाई जोडेर यस खरिद प्रकरणमा कमिशनको खेल भनी मेरो सामाजिक प्रतिष्ठामा ठेश पु¥याउन खोजिएको समाचारप्रति पुनः खेद प्रकट गर्दछु ।

स्मरण रहोस, ०७२ साल बैशाख १२ को महाभुकम्पमा आक्रान्त बीसौं हजार व्यक्तिहरुलाई काठमाडौं उपत्यकाबाट अन्य जिल्लाहरुमा निःशुल्क यातायात सुविधा प्रबन्ध गर्ने, बिभिन्न जिल्लाहरुमा भुकम्पपीडितहरुलाई राहत सामग्री वितरण गर्ने, सिन्धुपाल्चोक जिल्लाको सिपापोखरी गा.वि.स. (हाल इन्द्रावती गा.पा.) मा ८५० वटा घर/टहरा र विद्यालय भवन निर्माण गर्ने आदि काममा विभिन्न संघ/संस्थामार्फत मेरो सक्रिय भुमिका रहेको थियो । तसर्थ, देशमा आइपरेको कठिन समयको अवस्थामा एक सचेत नागरिकको हैसियतले जस्तोसुकै जोखिम मोलेर भएपनि निजी क्षेत्रबाट राष्ट्रसेवामा समर्पित रहेको र रहिरहने प्रतिबद्धता पनि व्यक्त गर्दछु । यी सवै घटनाक्रमहरु २०१५ सालमा जननिर्वा्चित प्रधानमन्त्री बिपी कोइरालालाई पदबाट अपदस्त गर्न दरवारले चालेको स’नियोजित षडयन्त्र जस्तै बिपदको बेला राज्यलाई सहयोग गर्ने र सघाउने सवै अपराधी हुन् भन्ने प्रमाणित गर्न खोजिएको देखिन्छ ।

यस सन्दर्भमा यहाँ बिपी कोइरालाको आत्मबृतान्त सन्दर्भिक नै होला । बिपीले स्वयं गणेशमान सिंहले नै एक लाख खाएको आरोप लगाएको र छानविनबाट उहाँ निर्दोष देखिएको प्रसंग र दरवारको षडयन्त्रबारे लेख्नुभएको छ, एउटा घर हामीले किन्नु परेको थियो, ‘त्यो गणेशमानजी कै बिभागको कुरा थियो । राजाले मलाई भने, त्यसमा उहाँले एक लाख रुपैया उठाउनु भएको रहेछ, ‘पछि छानविन भयो, सवै गलत रहेछ । स्वास्थ्य सामाग्री खरिदमा मेरो बिषयमा लगाइएको आक्षेप पनि यो प्रसंगमा मिल्दोजुल्दो छ ।

अन्तमा, कुनै तथ्यहीन, मनगणन्ते, कथा रचिएको गलत समाचारद्वारा गरिएको यस प्रकारका कुचेष्ठालाई आमनागरिक र पाठकले उचित मुल्यांकन गर्नुहुनेछ भन्ने मेरो बिश्वास छ । यस समाचारको सत्य तथ्य पत्ता लगाइ बाहिर ल्याउन नेपाल सरकार र सम्बन्धित निकायलाई विशेष अनुरोध गर्दछु ।

प्रतिक्रिया दिनुहोस्