सोलुखुम्बु कोरोना अपडेट : थप तीन जनाको रिपोर्ट ‘नेगेटिभ’



२४ चैत्र २०७६, काठमाडौं

वैदेशिक रोजगारीबाट नेपाल आएका सोलुखुम्बुका थप तीन जनाको रिपोर्ट ‘नेगेटिभ’ आएको छ ।

थुलुङ दुधकोशी गाउँपालिका ४ जुबुका २ जना र वडा नं. ८ देउसाका एक युवकको स्वाब परीक्षण गर्दा रिपोर्ट ‘नेगेटिभ’ आएको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिए ।

बीपी स्वास्थ्य विज्ञापन प्रतिष्ठान धरानमा उनीहरुको स्वाब परीक्षण गरिएको थियो । गत ४ चैत्रमा वडा नं. ८ देउसाका सूर्य राई फ्लाई यूएईबाट, सोही दिन हिमालयन एयरलाईन्सबाट वडा नं. ४ जुबुका सूर्य राई र गत ७ चैत्रम नेपल एयरलाईन्सबाट वडा नं. ४ जुबुका सुमन गुरुङ नेपाल आएका थिए ।

उनीहरुलाई गाउँ आएको जानकारी पाएलगत्तै स्वास्थ्यकर्मीको निगरानीमा सेल्फ होम क्वारेनटाइनमा राखिएको गाउँपालिका अध्यक्ष राईले बताए ।

यअघि पनि संक्रमित युवतीसँगै आएका गोराखानीका युवक र तिङ्लाकी युवतीको टेकु अस्पतालमा स्वाब परीक्षण गरिएको थियो । उनीहरुको रिपोर्ट पनि ‘नेगेटिभ’ नै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्