कोरोनाका कारण लिवियाका पूर्वप्रधानमन्त्रीको निधन



२४ चैत्र २०७६, काठमाडौं

कोभिड १९ (कोरोना भाइरस)को संक्रमणका कारण लिवियाका पूर्वप्रधानमन्त्री महमुद जिब्रिलको ६८ वर्षको उमेरमा निधन भएको छ ।

कोरोना संक्रमण भएपछि उनी १० दिनदेखि आइसोसेलनमा रहेका थिए । पूर्वप्रधानमन्त्री जिब्रिलको कायरोमा उपचारका क्रममा मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

उनी लिवियाको उदारवादी दलको गठबन्धन नेशनल फोर्सेस एलाइन्सका प्रमुखसमेत रहेका थिए । एजेन्सीको सहयोगमा-

|तस्वीरमा पूर्वप्रधानमन्त्री महमुद जिब्रिल।  फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्