‘लकडाउन्’को अवधि पुनः साता दिन लम्ब्याउने निर्णय



२४ चैत्र २०७६, कपाठमाडौं

कोभिड १९ (कोरोना भाइरस) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउनको अवधि पुनः एक साता लम्ब्याउने निर्णय गरेको छ ।

सोमबार (आज) बसेको समितिको बैठकले यो निर्णय गरेको हो । सुदूरपश्चिमलगायत देशका विभिन्न स्थानमा संक्रमितहरूको संख्या थपिँदै जान थालेपछि ‘लकडाउन्’ अवधी थप्ने तयारी भएको हो ।

कोरोना संक्रमण फैलन नदिन यसअघि पहिलोपटक चैत ११ गते मंगलबार बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्मका लागि मुलुकभरका अत्यावश्यक बाहेकका सबै सेवा र सम्पूर्ण आवतजावत बन्द गर्ने निर्णय गरेको थियो ।

दोस्रोपटक चैत १६ गते पुनः एकसाताका लागि ‘लकडाउन्’ लम्ब्याउने निर्णय भएको थियो । आज दिउँसो चार बजे बस्ने मन्त्रीपरिषद्‌को बैठकबाट यो निर्णय अनुमोदन गरेपछि यसको समय थपिनेछ ।

|तस्वीरमा उच्चस्तरीय बैठक। फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्