
२४ चैत्र २०७६, काठमाडौं
नेपालमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमित बढ्दै गएपछि चैत्र ११ गतेदेखि शुरु भएको ‘लकडाउन्’को समयावधि बढाउने सरकारले तयारी गरेको छ ।
यसबारे आवश्यक निर्णय गर्न सोमबार (आज) मन्त्रिपरिषद्को बैठक बस्दैछ । पहिलो चरणको ‘लकडाउन्’ चैत्र १८ मा सकिएपछि २५ गते मध्यारातिसम्मका लागि दोस्रो पटक समयावधि बढाइएको थियो ।
अब फेरी ‘लकडाउन्’को अवधि थप्नेबारे आज अपरान्हको मन्त्रिपरिषद् बैठकले निर्णय लिने प्रधानमन्त्रीका पेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
स्वास्थ्य विज्ञहरुले लकडाउन कम्तिमा एक हप्ता बढाउन सरकारलाई सुझाव दिएका छन् । कारोना रोकथाम तथा नियन्त्रण समितिले समेत ‘लकडाउन्’ लम्ब्याउन सरकारलाई सुझाव दिएको छ ।
|फाइल तस्वीर|





