न्यूयोर्कबाट पहिलो पटक आयो खुसीको खबर, संक्रमण र मृत्युको संख्यामा कमी (अपडेट)



२४ चैत्र २०७६, काठमाडौँ

अमेरिकामा कोरोनाभाइरसको केन्द्र बनेको न्यूयोर्कमा पहिलो पटक संक्रमण र मृत्युको संख्यामा कमी आएको छ । यद्यपि, संख्यालाई आधार मानेर अहिले नै केही भनिहाल्न नमल्निे स्वास्थ्य अधिकारीले बताएका छन् ।

न्यूयोर्कमा कोरोनासंक्रमण र मृत्युको आँकडा त्यतिबेला कम भएको छ जब अमेरिकामा संक्रमण तीब्र रुपमा फैलिरहेको छ र स्वास्थ्य अधिकारीले स्थिती थप भयानक हुने चेतावनी दिएका छन् ।

अमेरिकी सर्जन जनरलले यो हप्ता अमेरिकीहरुको जीवनको सबैभन्दा कठिक र दुःखद समय हुने चेतावनी दिएका छन् । यहाँ अहिलेसम्म ३ लाख ३६ हजार ३२७ बढी कोरोना संक्रमित छन् र ९ हजार ६०५ भन्दा बढीको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्