घट्यो इटालीमा दैनिक मृत्यु हुनेको संख्या,पछिल्लो २४ घण्टाको अपडेट



२४ चैत्र २०७६, काठमाडौँ

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट इटालीमा मृत्यु हुनेको संख्या पछिल्लो २४ घण्टामा घटेको छ । यससँगै बिस्तारै कोरोनाबाट मृत्यु हुनेको संख्यामा कमी आउनसक्ने आशा बढेको छ ।

इटालीमा पछिल्लो २४ घण्टामा ५२५ जनाले ज्यान गुमाए, यसअघि आइतवार ६८१ जनाको भाइरसको कारण मृत्यु भएको थियो ।

आजको मृत्यु सँगै इटालीमा मृत्यु हुनेको संख्या १५ हजार ८८७ पुगेको छ । यस्तै, ४ हजार ३१६ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १ लाख २८ हजार ९४८ पुगेको छ ।

इटालीमा संक्रमितमध्ये २१ हजार ८१५ जना उपचारपछि निको भएका छन् । ३ हजार ९७७ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ भने ९१ हजार २४६ जना उपचाररत छन् ।

प्रतिक्रिया दिनुहोस्