अप्ठ्यारो पर्दा नेपालले गरेको सहयोग कहिल्यै बिसिन्नौं : चीन



२३ चैत्र २०७६, काठमाडौं

उत्तरी छिमेकी देश चीनले कोभिड १९ (कोरोना भाइरस)विरूद्धको लडाइँमा नेपाललाई सकेको सहयोग गर्ने बताएको छ ।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले आइतबार (आज) पत्रकारहरूसँग कुरा गर्दै चीनमा कोरोनाको महामारी फैलिँदा धेरै देशले सहयोग गरेको र अहिले चीनले पनि अरू देशलाई सहयोग गरिरहेको बताइन् ।

“महामारीसँग लड्न चीनलाई अप्ठ्यारो परेका बेला नेपालले मूल्यवान् सहयोग दियो । जुन सहयोग चिनियाँ जनताले कहिल्यै बिर्सिने छैनन् ।” राजदूत यान्छीले भनिन्, ‘अहिले नेपालमा महामारी फैलिरहेको छ । चीनले पनि आफूले सकेजति नेपाललाई सहयोग गर्न खोजिरहेको छ ।’

उनले सम्बन्धित मन्त्रालयहरूसँग महामारी रोकथाम र नियन्त्रण, उपचार र क्वारेन्टाइनलगायत विषयमा सूचना आदानप्रदान गर्न दूतावासले एउटा संयुक्त समूह बनाएको जानकारी दिइन् ।

चीनमा शुरुमा कोरोना फैलिँदा नेपालले तीन लाख थान मास्क दिएको थियो ।

|तस्वीरमा नेपालका लागि चिनियाँ राजदूत यान्की। फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्