कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक शुरु



२३ चैत्र २०७६, काठमाडौं

कोरोनाभाइरस (कोभिड १९) सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक शुरु भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शुरु भएको बैठकमा कोरोना दोस्रो चरणमा प्रवेश गरेको अवस्थामा त्यसको तयारीका विषयमा छलफल हुने बताइएको छ ।

सरकारले घोषणा गरेको लकडाउनको अवधि मङ्गलबार मध्यरातबाट समाप्त हुँदैछ । कोभिड–१९ स्थानीयमा सङ्क्रमण देखिइसकेको अवस्थामा समितिको तयारी के हुने, चिकित्सा उपकरण कसरी ल्याउने भन्ने बारेमा छलफल हुने बताइएको छ ।

कोरोना सङ्क्रमण फैलने उपक्रममा रहेकाले लकडाउन थप एकसाता लम्ब्याउने तयारीमा समिति छ । सोमबार मन्त्रिपरिषद् बैठक बस्ने सम्भावना रहेकाले भोलि नै त्यसबारे निर्णय हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्