इटाली र स्पेनबाट पहिलो पटक आयो खुसीको खबर,पछिल्लो २४ घण्टाको अपडेट



२३ चैत्र २०७६, काठमाडौँ

संसारभरी कोरोनाभाइरसको सबैभन्दा प्रभावित इटाली र स्पेनले संक्रमणसँग लड्न सफलता हात पारिरहेको बताइएको छ । यी दुई देशमा कोरोना संक्रमणबाट सबैभन्दा धेरैको मृत्यु भएको छ ।

इटालीमा भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्यामा कमी भइरहेको छ । इटालीमा पहिलो पटक इन्सेन्टिव केयरमा बिरामीको संख्या कम भएको छ । यसलाई पनि यो रोगविरुद्धको लडाईंमा सफलताको रुपमा हेरिएको छ ।

यस्तै, स्पेनमा पछिल्लो १० दिनमा सबैभन्दा कम संक्रमित देखिएका छन् । टेलिभिजनमा प्रसारित सन्देशमा प्रधानमन्त्रीले स्पेन यो महामारीलार्ई कम गर्ने सुरुवाती चरणमा आइपुगेको बताएका छन् ।

यससँगै बिस्तारै कोरोनाबाट मृत्यु हुनेको संख्यामा कमी आउनसक्ने आशा बढेको छ ।

प्रतिक्रिया दिनुहोस्