विश्वभर कोरोना संक्रमित २ लाख ४६ हजार १७४ निको भए



२३ चैत्र २०७६, काठमाडौँ

विश्वका २ सय भन्दा बढी मुलुकमा कोरोना संक्रमण फैलिदा बिरामी परेकामध्ये उपचारपछि २ लाख ४६ हजार १७४ जना निको भएर घर फर्किएका छन् ।

कोरोना भाइरसबाट विश्वभर ६४ हजार ६०५ भन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ५ हजार ५०१ जनाले ज्यान गुमाएसँगै ज्यान गुमाउनेको संख्या ६४ हजार ६०५ भएको हो ।

यस्तै ११ लाख ९७ हजार भन्दा बढी मानिसहरु कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्