
२२ चैत्र २०७६, काठमाडौं
प्रवासी नेपालीहरुको अवस्थाबारेमा प्रधानमन्त्री केपी शर्मा ओलीले चासो राख्न थालेका छन् ।
कोरोना भाइरसले विश्वभर महामारीको रुप लिइरहेका बेला प्रधानमन्त्री ओलीले प्रवासमा रहेका नेपालीबारे चासो राख्न थालेका हुन् ।यसै क्रममा ओलीले शनिबार बहराइनमा रहेका नेपालीको अवस्थाबारे बुझ्न त्यहाँका समकक्षीसँग टेलिफोन सम्वाद गरेका छन् ।
सामाजिक संजाल ट्वीटरमा उनले उल्लेख्य संख्यामा नेपाली रहेका देशका प्रमुखसँग सम्वाद थालेको जनाएका छन् । बहराइनमा कोरोना संक्रमण हुने नेपालीको संख्या १२ पुगिसकेको छ ।
बहराइनस्थित नेपाली राजदूतावासले विज्ञप्ति जारी गर्दैं उक्त कुराको जानकारी दिएको हो । प्रधानमन्त्री ओलीले नेपालीहरुको सुरक्षा चासोलाई लिएर अन्य मुलुकका सरकार प्रमुखहरुसँग पनि संवाद जारी राख्ने जानकारी दिएका छन् ।
कोभिड-१९ का सन्दर्भमा नेपाली श्रमिकहरुको उल्लेख्य संख्या रहेको मुलुकका सरकार प्रमुखसँग कुराकानी गर्ने क्रममा आज बहाराइनका प्रधानमंत्रीसँग फोन संबाद गरें।त्यहाँ रहेका नेपालीहरुको सुरक्षाप्रति चासो राख्दै बहाराइनबाट प्राप्त सहयोगकालागि धन्यबाद ज्ञापन गरें।
— K P Sharma Oli (@kpsharmaoli) April 4, 2020





