टेक्सास कलेजले अनलाईन कक्षा aसंचालन गर्दै



२१ चैत २०७६, काठमाडौं

काठमाडौंको टेक्सास कलेजले आफ्ना बिद्यार्थीको सहजताको लागि चैत्र २३ गतेबाट अनलाईन कक्षा सुचारु गर्ने भएको छ ।

जसको मद्दतबाट  विद्यार्थीले अब घरबाटै सहज रुपमा कक्षा लिन पाउने जनाईएको छ । भिडियो कक्षा संचालनका लागि चाहिने सम्पूर्ण तयारी पुरा भैसकेको कलेजका आइटी इन्चार्ज ओमकार बस्नेतले जनाएका छन् । कलेजका प्रिन्सिपल भेष राज पोख्रेलले बिद्यार्थीको खाली समयलई सहि ढंगबाट उपयोग गराउनुका साथै जस्तो अवस्थामा पनि गुणस्तरीय शिक्षा प्रदान गर्न कलेज परिवार सदैब तत्पर रहने र बिद्यार्थीको स्वास्थ्य लाइ मध्यनजर गर्दै यो सुबिधा सुचारु गरेको जानकारी दिएका छन् ।

हाल अनलाईन कक्षा ब्याचलर अध्ययनरत आइटीका बिद्यार्थीले दिनको एक घन्टाका दरले पाउने र आगामी दिनमा सम्पूर्ण संकायमा यसकिसिमको कक्षा संचालनमा ल्याउने कलेजको तयारी रहेको कलेज आइटी प्रमुख सुमन थपलियाले जानकारी दिएका छन् । यो बिकराल अबस्थामा सम्पूर्ण बिद्यार्थीले  कलेजको कदमलाई सहर्ष अबलम्बन गर्ने पक्षमा कलेज परिवार निश्चिन्त रहेको कुरा कलेजका भाईस प्रिन्सिपल श्याम सुन्दर श्रेष्ठले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्