विपन्नलाई निःशुल्क खाद्यान्न वितरण गर्ने नेकपा दुधौली १ को निर्णय



२१ चैत २०७६, काठमाडौं

सिन्धुली जिल्लाको दुधौली नगरपालिका वडा नं. १ मा बसोबास गर्ने गरिब, विपन्न तथा दैनिक ज्याला मजदुरी गरी गुजारा चलाउने परिवारलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुधौली वडा नं. १ कमिटीले निःशुल्क खाद्यान्न वितरण गर्ने भएको छ ।

शुक्रबार (आज) बिहान नेकपा वडा कमिटीका पदाधिकारीहरुको अनौपचारिक छलफलले वडाभित्र नेपाल सरकारद्वारा जारी ‘लकडाउन’ पालना गरिरहेका वडावासीहरुलाई भोकै बस्नुपर्ने अवस्था देखिएपछि नेकपाका वडाध्यक्ष चन्द्रप्रसाद पहाडी मार्फत ‘लकडाउन’ अवधिभर निःशुल्क खाद्यान्न वितरण गर्न लागिएको दुधौली १ निवासी रमेश काफ्लेले परिवर्तन खबरलाई बताए ।

दुधौली नगरपालिका वडा नं. १ का वडाध्यक्ष गोविन्द पहाडीले मास्क वितरण गर्दा अनियमितता भएपछि कार्यपालिका सदस्य डिल्ली बहादुर भुजेल मार्फत मास्क वितरण गरिएकोमा बैठकले धन्यवाद समेत ज्ञापन गरेको छ ।

यो पनि पढ्नुहोस् : 

सिन्धुलीको दुधौली १ मा नेकपा कार्यकर्ताको अगुवाईमा निःशुल्क माक्स वितरण

प्रतिक्रिया दिनुहोस्