स्वास्थ्य सामग्री खरीदमा संलग्नलाई कारवाही गर्न देउवाको आग्रह



२१ चैत २०७६, काठमाडौं

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अत्यावश्यक स्वास्थ्य सामग्री खरीदमा संलग्नहरूलाई जिम्मेवारीबाट मुक्त गरेर अनुसन्धान र कारवाहीको प्रक्रियालाई सघाउन प्रधानमन्त्रीलाई आग्रह गर्नुभएको छ । सभापति देउवाले आज वक्तव्य जारी गरी सो विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि गहिरो अनुसन्धान गर्न र कारवाहीको प्रक्रिया अघि बढाउन जरुरी भएको बताउनुभएको छ ।

कोरोना भाइरसको जोखिमबाट नेपाल र नेपालीलाई जोगाउन आफ्नो दल सरकारका साथमा रहेको र हरसम्भव सघाइरहेको बताउँदै उहाँले धैर्य, पारदर्शिता एवं विधि प्रक्रियाको पालनाका साथ युद्धस्तरमा कार्य गर्न सरकारलाई सुझाव दिनुभएको छ । प्रतिनिधिसभामा विपक्षी दलका नेता देउवाले ‘काठमाडौँप्रेस डटकम’ मा प्रकाशित भनिएको खरीद प्रकरणको समाचार ‘साइबर’ अतिक्रमणमा परेको भनी आपत्ति जनाउँदै दोषीलाई कारवाहीको दायरामा ल्याउन सम्बन्धित निकायलाई आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्