क्रिकेटमा ‘डकवर्थ एन्ड लेविस’ नियमका प्रतिपादक लेविसको निधन



२१ चैत्र २०७६, काठमाडौं

चर्चित गणितीज्ञ एवं तथ्याङ्कविद् टोनी लेविसको निधन भएको छ ।

उनी अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डकवर्थ एन्ड लेविस’ नियमको प्रणेताका रुपमा चर्चित थिए । एकदिवसीय वा टी–ट्वेन्टी क्रिकेटमा वर्षाका कारण खेल प्रभावित भए ‘डकवर्थ एन्ड लेविस’ नियमका आधारमा विजेता टोलीको टुंगो लगाउने गरिन्छ ।

‘डकवर्थ एन्ड लेविस’ नियमको सुरुआत गर्ने दुईजनामध्ये टोनी पनि एक थिए। ७८ वर्षको उमेरमा बिहीबार उनको निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

टोनी र फ्रान्क डकवर्थले मिलेर अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डकवर्थ एन्ड लेविस’ नियमको प्रतिपादन गरेका थिए। वर्षाका कारण खेल प्रभावित हुँदा सीमित ओभरको क्रिकेटमा ‘डकवर्थ एन्ड लेविस’ नियमको प्रयोग गरिन्छ ।

यसमा पहिलो ब्याटिङ गर्ने टोलीले बनाएको रन, वर्षाले खेल प्रभावित हुनुअघि जवाफी ब्याटिङमा ओर्लिएको टोलीले बनाएको रन, खसेको विकेट, खेल्न बाँकी ओभरलगायतको गणितीय हिसाब गरी विजेता टोलीको टुंगो लगाइन्छ ।

सन् १९९७ मा जिम्बाबे र इङ्ल्यान्डबीच भएको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वप्रथम यो नियमको प्रयोग गरिएको थियो। ‘डकवर्थ एन्ड लेविस’ नियमलाई सन् १९९९ मा अन्तर्रा्ष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले आधिकारिक रुपमा अंगिकार गरेको थियो। बोल्टनमा जन्मिएका टोनी चर्चित गणितीज्ञ थिए ।

उनी युनिभर्सिटी अफ वेस्ट इङ्ल्यान्डमा प्राध्यापक थिए । एजेन्सीका सहयोगमा]-

|तस्वीरमा प्रतिपादक टोली। श्रोत|

प्रतिक्रिया दिनुहोस्