
२० चैत २०७६, काठमाडौं
अध्यनको शिलशिलामा संयुक्त राज्य अमेरीकाको फ्लोरिडामा रहेको नेपालीहरुको साझा संगठन युनिभर्सिटी अफ सेन्ट्रल फ्लोरिडामा रहेको नेपाली बिद्यार्थी संगठनले बिश्वब्यापी रुपमा फैली रहेको कोरोना भाईरससगँ जुध्न नेपाल सरकारले स्थापना गरेको कोरोना भईरस रोकथाम तथा नियन्त्रण कोषमा एकलाख एक हजार एक सय पचास रुपैँया सहयोग गरेका छन् ।
“बिदेशमा रहेपनि मातृभूमि प्रतिको हाम्रो दायित्व पूरा गर्न र सरकार एक्लैले मात्र बिश्ब ब्यापी संकटसँग जुध्न नसक्ने भएकोले सबै नागरिकले सरकारसँग हातेमालो गर्दै नागरिकको दायित्व निर्बाह गर्न आफूहरुले सहयोग गरेको संगठनका सभापति सबिन रेग्मीले बताएका छन् ।”





