
२१ चैत्र २०७६, काठमाडौं
चैत महिनाको भाडा लिने घरधनीलाई सरकारले कारबाही गर्ने भएको छ ।
गत १६ चैत्रमा बसेको मन्त्रिपरिषद्को बैठकले सबै घरधनीलाई चैत महिनाको भाडा नलिन आग्रह गरेको थियो ।
सरकारका प्रवक्ता तथा अर्थमन्त्रीमन्त्री डा. युवराज खतिवडाले देशैभरिका घरधनीलाई चैत्र महिनाको भाडा नलिन आग्रह गरेका छन् । अर्थमन्त्री खतिवडाले भाडा लिने घरधनीलाई कारबाही गर्ने बताए ।
“सरकारले सबै घरधनीलाई चैत महिनाको भाडा नलिन आग्रह गरेको छ ।” उनले भने, ‘सरकारले पनि घरधनीलाई कर छुट गरेको छ । यसैको लागि हो छुट गरिएको । सरकारको निर्णय र आग्रह बेवास्ता गरी भाडा लिए त्यस्ता धरधनीलाई सरकारले एक्सन लिन्छ ।’
यस्तै मन्त्री खतिवडाले घरधनीले एक महिनाको भाडा नलिँदैमा टाट पल्टिने अवस्था नआउने पनि बताए ।
|तस्वीरमा मन्त्री खतिवडा। फाइल तस्वीर|





