
२० चैत्र २०७६, काठमाडौं
गुल्मीमा ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
मुसीकोट नगरपालिका–६ कुर्घा का २० वर्षीय प्रेम गुरुङलाई बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।
बुधबार साँझ ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ उनलाई पक्राउ गरिएको प्रहरी चौकी वामीटक्सारले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
|फाइल तस्वीर|





