
२० चैत्र २०७६, काठमाडौं
पूर्वी नवलपरासीको बुलिङ्गटार गाउँपालिका ३ स्थित कालीगण्डकी नदीमा डुङ्गा दुर्घटना हुँदा १ जना बेपत्ता भएका छन् ।
डुङ्गा चालकसहित ५ जना सवार डुङ्गा एक्कासी पल्टिएर दुर्घटना भई नदीमा डुबेपछि १ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीषक मोहनबहादुर खाँणले जानकारी दिए ।
बुधबार साँझ डुङ्गा नदीमा डुबेको हो । नदीमा डुबेर नवलपुरको बुलिङ्गटार गाउँपालिका ३ का ११ बर्षीया ईशारा दरै बेपत्ता भएका छन् । उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
तनहुँको रिसिङबाट काठको डुङ्गामा नदी पार गर्ने क्रममा डुंगा डुबेको हो । डुङ्गा चालक तनहुँको शिरकोट गाउँपालिका ४ बस्ने २० बर्षीया महोरपा मगर फरार रहेका छन् ।
डुङ्गामा सवार अन्य ३ जना बुलिङटार ३ का १२ बर्षका पूर्णिमा दरै, १३ बर्षीय नम्रता दरै र ११ बर्षीय सिमा दरैका भने प्रहरीले सकुसल उद्दार गरेको छ ।
|फाइल तस्वीर|





