कोरोना बाट मुक्त हुँदै चीन,अब मात्रै २६४० कोरोना को एक्टिव केस बाँकी



२० चैत्र २०७६, काठमाडौँ

कोरोना भाइरसको उद्गमस्थल चीनमा यसबाट संक्रमित हुने एक्टिभ बिरामीको संख्या २ हजार ६ सय ४० मा झरेको छ ।

अमेरिका, इटली, स्पेनलगायतका देशहरूमा संक्रमण र मृत्यु दर बढिरहेका बेला चीन त्यसलाई न्यूनीकरण गर्न सफल भएको हो ।

जोन हप्किन्स विश्वविद्यालयका अनुसार, चीनका ८२ हजार ३ सय ६१ जनामा कोरोना भाइरसको लक्षण देखिएको थियो । यीमध्ये ३ हजार ३ सय १६ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये ७६ हजार ४०५ मानिस स्वास्थ्यलाभ गरेर घर फर्किसकेकाले अब मात्रै २ हजार ६ सय ४० कोरोना संक्रमित बिरामी चीनमा बाँकी छन् ।

 

प्रतिक्रिया दिनुहोस्