
१९ चैत २०७६, काठमाडौं
भुक्तानी सेवाप्रदायक इसेवाले रिफर एण्ड अर्न अफर सार्वजनिक गरेको छ ।
कोरोना भाइरसको प्रकोपका कारण सबैजना घरमा बसिरहेको अवस्थामा यो अफरबाट इसेवा खातामा रिफरल बोनस प्राप्त गर्न सकिन्छ । नगद रहित समाज निर्माणको लागि आफु पनि डिजिटल सेवा प्रयोग गरौँ र अरुलाई पनि प्रोत्साहन गरौँ भन्ने अभियान अन्तर्गत इसेवाले हरेक व्यक्तिलाई डिजिटल अभियन्ता बनाउनका लागी यो अफर सार्बजनिक गरेको हो ।
अफर अन्तर्गत इसेवा चलाउन सिकाए बापत प्रतिग्राहक रु ८० सम्म प्राप्त गर्न सकिनेछ । आफ्ना परिवार, साथीभाइ तथा आफ्नो मोबाईलमा रहेका सम्पर्क नम्बरहरूलाई इसेवा चलाउन सिकाउन सकिनेछ ।
इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले भने‘ हरेक नेपालीलाई डिजिटल कारोबारमा जोड्ने उदेश्यका साथ यो योजना सुरु गरिएको हो ’।
इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुलीतथाखानेपानीको महशुलभुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुलकलेज लगायतको शुल्कभुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ५० वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकमजम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।





