एनआरएनएको आपतकालिन राहत कोषमा एक करोड ८८ लाख संकलन



१९ चैत २०७६, काठमाडौं

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आपतकालिन राहत कोषमा १ करोड ८८ लाख जम्मा भएको छ ।

संघका कोषाध्यक्ष महेश कुमार श्रेष्ठका अनुसार विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण उत्पन्न परिस्थितिले देश भित्र र परदेशमा समस्यामा परेका  नेपालीहको सहयोगार्थ सो रकम जम्मा भएको हो ।

श्रेष्ठले सहयोगका लागि विश्वभर छरिएका नेपाली समुदायलाई आग्रह गरेका छन् । कोरोना भाइरसका कारणले विदेशमा बस्ने नेपाली मध्ये युकेमा २ जनाको मृत्यु भई सकेको छ भने सयौंको संख्यामा संक्रमित भएको आशंका गरिएको छ ।

संघले विश्वभर छरिएका गैरआवासीय नेपालीहरुको सहयोगको लागि २४ घण्टे स्वास्थ्य हेल्प लाइन समेत शुरु गरेको छ । संघको सबै ८१ देशमा रहेका शाखाहरु महामारी बिरुद्ध लड्न सक्रिय रहेको जानकारी गराईएको छ ।

“गैर आवासीय नेपाली संघको आपतकालिन राहत कोष”मा हाल सम्म सहयोग गर्ने दाताहरुको नामावली :

१. गैर आवासीय नेपाली संघ कोरिया : रु. १ करोड ३० लाख
२. गैर आवासीय नेपाली संघ जापान : रु. ५ लाख
३. गैर आवासीय नेपाली संघ ओमन : रु. ५० हजार २ सय
४. उपेन्द्र महतो ( बेलारुस ): रु. ५ लाख
५. जीवनाथ लामिछाने (जर्मनी) : रु. ५ लाख
६. कुमार पन्त (जर्मनी ) : रु. ५ लाख
७. सोनाम लामा (अमेरिका) : रु. ५ लाख
८. बद्रि केसी (रसिया): रु. १ लाख
९. मन केसी (अस्ट्रेलिया): रु. १ लाख
१०. अर्जुन कुमार श्रेष्ठ (बेल्जियम): रु. १ लाख
११. गौरी जोशी (अमेरिका): रु. ५ लाख
१२. आरके शर्मा (कतार ) : रु. २ लाख
१३. महेश कुमार श्रेष्ठ (जापान ): रु. ५ लाख
१४. लोक दाहाल (बेल्जियम ): रु. १ लाख
१५. गोबिन्द श्रेष्ठ (रोविन्द्र) (जापान ) : रु. १ लाख
१६. राजेन्द्र अर्याल (साउदी अरब ): रु. १ लाख
१७. दिपक प्रसाद कंडेल (जापान )’ ५० हजार
१८. पुरुसोत्तम बोहोरा ( अमेरिका ) : रु. १ लाख
१९. लोकनाथ वस्ती ( जापान ): रु. ५० हजार
२०. राजन त्रिपाठी (अमेरिका ): रु. ५० हजार
२१. कृष्ण तिमिल्सिना (बेलायत ): रु. ५० हजार
२२. चन्द्र गुरुङ (बेलायत ) : रु. १ लाख
२३. टंक लम्साल (जर्मनी ) : रु. ५० हजार
२४. भूमिराज गुरुङ (स्विजरल्याण्ड ) : रु. ५० हजार
२५. अभ्युमन्यु बस्नेत (क्यानाडा ): रु. १ लाख
२६. अब्दुल बसिद (कतार ): रु. १ लाख
२७. रमेश भण्डारी (साउदी अरब ): रु. ३२ हजार (करिव )
२८. नारायण पासवान (साउदी अरब ) : रु. १० हजार
२९. कुमार कार्की( थाईल्याण्ड ) : रु. १ लाख
३०. कृष्ण लामिछाने (अमेरिका ): रु. ५० हजार
३१. प्रमिला बस्नेत (क्यानाडा) : रु. १५ हजार
३२. रादेश पण्डित (अमेरिका ) : रु. ६० हजार (करिब

प्रतिक्रिया दिनुहोस्