‘कोरोना रोकथाम तथा उपचार कोष’मा जम्मा भयो २२ करोड ३२ लाख



१९ चैत्र २०७६, काठमाडौं

कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा हालसम्म २२ करोड ३२ लाख ३७ हजार ५ सय ८९ रुपैयाँ ५२ पैसा रकम जम्मा भएको छ ।

सरकारले स्थापना गरेको उक्त कोषमा मंगलबार (हिजो)सम्म २२ करोड ३२ लाख ३७ हजार ५ सय ८९ रुपैयाँ ५२ पैसा रकम जम्मा भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

कोषमा मंगलबारसम्म २२ करोड ३२ लाख ३७ हजार ५ सय ८९ रुपैयाँ ५२ पैसा रकम जम्मा भएको छ । यस्तै, सोमबार ग्लोबल आइएमई बैंकले १ करोड १५ लाख रुपैयाँ, बि.टि.सी. प्राइभेट लिमिटेडले ५ लाख रुपैयाँ र अन्यले २ करोड १० लाख ६७ हजार ३ सय २७ रुपैयाँ जम्मा गरेका थिए ।

आइतबार उक्त कोषमा उक्याब तेन्जिङले ५ लाख रुपैयाँ, नर्भिक अस्पतालले ५० लाख रुपैयाँ, लक्ष्मी प्रसाद सुवेदीले ४ लाख रुपैयाँ, नेपाल राष्ट्रिय का.स.ले २ लाख १ हजार रुपैयाँ, बद्रिकुमार पंगेनीले ५० हजार रुपैयाँ, हिमालय बैंक लिमिटेडले १ करोड २५ लाख रुपैयाँ, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १२ लाख २० हजार ४ सय ७४ रुपैयाँ र अन्य व्यक्ति तथा संस्थाले १२ लाख ६६ हजार ५ सय ४२ रुपैयाँ ५२ पैसा जम्मा गरेका थिए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार यसअघि कोषमा एनसेल प्रा.लि.ले १० करोड रुपैयाँ, एल.आर.आई. स्कुल काठमाडौंले १ लाख रुपैयाँ, कृषि विकास बैंकले १ करोड २५ लाख रुपैयाँ राखेका थिए ।

यस्तै, हेटौडा स्कुल अफ म्यानेजमेन्टले १० लाख रुपैयाँ, राधामाधव समिति नेपालले १५ लाख रुपैयाँ, भाटभटेनी सुपर मार्केटले १ करोड रुपैयाँ, निर्माण व्यवसायी कोषले १ करोड रुपैयाँ, एनईबिएलले १ करोड रुपैयाँ, नेपाली कांग्रेस पार्टीले ५० लाख रुपैयाँ, नेपाल स्वास्थ्य व्यवसायी महासंघले ५ लाख १० हजार रुपैयाँ र अन्य बिभिन्न संस्थाले २४ लाख ९३ हजार २ सय २२ रुपैयाँ कोषमा जम्मा गरेका थिए।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजक रहेको नोभल कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको चैत ११ गते बसेको बैठकले उपचार कोष स्थापना गर्ने निर्णय गरेको थियो।

सोही अनुसार सरकारले कोषको राष्ट्रिय वाणिज्य बैंकमा रहेको खाता नं. १९६०००००११०१ मा रकम जम्मा गर्न सबैलाई आग्रह गरेको थियो ।

|तस्वीरमा प्रधानमन्त्री कार्यालय। फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्