
१८ चैत २०७६, काठमाडौं
नेपाल सरकारद्वारा तोकिएका लकडाउन अवधिभर कोरोना भाइरस (कोभिड–१९)को संक्रमणलाई मध्यनजर गर्दै कालिमाटी तरकारी तथा फलफूल बजारका ब्यापारीहरुले नेपाल बाहिरबाट तरकारी आयात नगर्ने निर्णय गरेका छन् ।

काठमाडौ महानगरपालिका प्रमुख विद्या सुन्दर शाक्य, प्रदेश सभा सदस्य राजेश शाक्य, कामपा १३ का वडा अध्यक्ष ध्रुव नारायण मानन्धर, नेपाली सेना जगदल गण र फन्ट रेञ्जर बटालियनका प्रमुख, कालिमाटी प्रहरी बृत्तका प्रमुख, कालीमाटी बजार ब्यबस्थापन समितिका कार्यकारी निर्देशक, अन्य कर्मचारी र ब्यापारीका प्रतिनिधिको उपस्थिति रहेका छलफलले निरीक्षण समिति गठन गरेको छ ।

नवगठित निरीक्षण समितिले बजारमा भिड नहुने गरी बिहान प्याकिङ नबिगारी थोक मात्र बिक्री गर्ने र साँझ खुद्रा बिक्रि गर्ने निर्णय गरेको छ । साथै मोटरसाइकललाई बजारमा प्रबेश निषेध गरी किर्तिपुर बस स्टपतर्फ ब्यबस्था गरेको छ ।





