बूढानीलकण्ठ र टोखा नगरपालिकामा बिहान ५ देखि ८ बजेसम्म मात्र खाद्यान्न लगायतका अत्यावश्यक पसल खोल्न पाईने



१८ चैत २०७६, काठमाडौं

बूढानीलकण्ठ र टोखा नगरपालिकाभित्र संचालन भईरहेका खाद्यान्न तथा तरकारी लगायतका अत्यावश्यक पसलहरु बिहान ५ देखि ८ बजेसम्म मात्र खोल्न पाईने निर्णय गरिएको छ ।

दैनिक उपभोग्य खाद्यान्न तथा तरकारी पसलहरुमा बढी भिडभाड हुने भएकाले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन सक्ने खतरालाई मध्यनजर गर्दै दुई नगरपालिकाले संयुक्त रुपमा यस्तो निर्णय गरेको हो ।

जारी नियमको उल्लङ्घन गरिएको पाईएमा कानुन बमोजिम कारबाही हुने समेत सूचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्