कामपा १५ ले असहाय, बिपन्न, दैनिक ज्याला मजदुरी गरि खानेलाई राहत सामाग्री वितरण गर्ने



१८ चैत २०७६, काठमाडौं

काठमाडौं महानगरपालिका वडा नं. १५ ले असहाय, बिपन्न र दैनिक ज्याला मजदुरी गरि खानेलाई राहत सामाग्री वितरण गर्ने भएको छ ।

कामपा १५ का वडाध्यक्ष तथा महानगर प्रवक्ता ईश्वरमान डंगालसहितको छलफलले उक्त निर्णय गरेको हो । जसमा घरधनी, समुदाय वा संघ संस्थाबाट सिफारिस भई आएका व्यक्ति वा परिवारलाई वडाबाट गठन भएको समितिको निर्णय बमोजिम वितरण गरिनेछ ।

आम्दानीको स्थायी स्रोत नभएको, दिनको दिन जीवन गुजारा गर्न समस्या भएका र सम्बन्धित वडाबाट अति विपन्न भनेर प्रमाणित भएका व्यक्ति र परिवारलाई राहत वितरण गरिने काठमाडौं महानगरपालिकाबाट जानकारी प्राप्त भएको वडाध्यक्ष तथा प्रवक्ता डंगोलले जानकारी गराएका छन् ।

वितरण कार्यलाई नेपाली सेना, नेपाल प्रहरी सशस्त्र प्रहरी बलले समेत सहयोग गर्ने जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्